नेपालमा सम्बन्ध विच्छेद प्रक्रिया (Divorce Process in Nepal in Nepali Language)- 2082

नेपालमा सम्बन्ध विच्छेदलाई निजी कानूनी अन्तर्गत हेर्ने गरिन्छ। दम्पती बीचको वैवाहिक सम्बन्ध अन्त्य गर्ने प्रक्रियालई सम्बन्ध विच्छेद भनिन्छ । यो प्रक्रिया एकतर्फी  वा आपसी सहमतिमा आधारित हुन सक्छ। (divorce process in Nepal in Nepali Language)

divorce process in Nepal in Nepali language

सम्बन्ध विच्छेद यी दुई तरिका बाट गर्न सकिन्छ (Types of Divorce Process in Nepal)

1. आपसी सहमति

दुवै श्रीमान्–श्रीमतीले सम्बन्ध अन्त्य गर्न सहमति जनाएमा यो प्रक्रिया अपनाइन्छ। पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि सम्बन्धित जिल्ला अदालतमा गएर निवेदन दिएर सम्बन्ध विच्छेद गर्न सक्नेछन् । यसरी सम्बन्ध विच्छेद गर्ने प्रकृया छोटो, छरितो र सहज हुने गर्दछ ।

2. एकपक्षीय सम्बन्ध विच्छेद

एक पक्षले मात्र सम्बन्ध विच्छेदको चाहना व्यक्त गरेमा यो प्रक्रिया अघि बढ्छ। पति वा पत्नी मध्य कोहि एकको सहमति नभएको अवस्थामा देहाएका अवस्थामा पति पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेछन:

  1. अंश लिई वा मानो छुट्टिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको वा पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा ।
  2. पत्नीले पतिलाई वा पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा ।
  3. पत्नीले पतिको वा पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरु कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा ।
  4. पत्नीले अन्य पुरुषसँग वा पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा ।

थप: पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा वा पतिले अर्को विवाहा गरेमा समेत पत्नीले पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन् ।

सम्बन्ध विच्छेदको लागि आबस्यक कागजातहरू(Documents Required For Divorce in Nepal):

  • divorce proceess in nepal in Nepali Language

    नेपालमा सम्बन्ध विच्छेद प्रक्रिया कसरी अगाडि बढाउने? (Divorce Process in Nepal)

    1. मुद्दा दर्ता गर्ने: एक पक्षले अदालतमा सम्बन्ध विच्छेदको  मुद्दा दर्ता गर्ने।

    2. अर्को पक्षलाई नोटिस पठाउने: अदालबाट प्रतिवादीलाई मुद्दाको नोटिस पठाईन्छ।

    3. सुनुवाइ र प्रमाण संकलन: कारण पुष्टि हुने कागजात वा साक्षीहरू पेश गरिने।

    4. न्यायाधीशको निर्णय: प्रमाणको आधारमा सम्बन्धविच्छेद अनुमोदन गरिने।

    Read More: Divorce Process in Nepal : Easy Guide

    सम्बन्ध विच्छेद  गर्दा विचार गर्नु पर्ने बिषय (Things to consider while getting divorce)

    • सम्पत्तिको बाँडफाँड (Division of Property): दुवै पक्षको योगदान अनुसार  सम्पत्तिको बाँडफाँड गर्ने।

    • बालबालिकाको अभिभावकत्व: अदालतले सन्तानको हित हेरेर निर्णय लिन्छ।

    • पालनपोषण खर्च: आय, सम्पत्ति, र बच्चाको आवश्यकता अनुसार निर्धारण गरिन्छ।

    नेपालमा सम्बन्ध विच्छेद गर्न कति समय लाग्छ?

    • आपसी सहमतिमा २ दिनमा प्रक्रिया सकिन सक्छ।

    • एकपक्षीय सम्बन्धविच्छेद ६ महिना देखि १ वर्षसम्म लाग्न सक्छ।

    निष्कर्ष (Conclusion)

    नेपालमा सम्बन्ध विच्छेद एक संवेदनशील कानूनी प्रक्रिया हो। आपसी सहमति भए प्रक्रिया छिटो, सरल र कम खर्चिलो हुन्छ। पति पत्नी एक आपसमा खुसि नभय कानूनले दिएको  अधिकार प्रयोग गरी कानूनी रुपमा सम्बन्ध विच्छेद गर्न सकिन्छ |

नेपालमा सम्बन्ध विच्छेद प्रक्रिया कस्तो हुन्छ?

नेपालमा सम्बन्ध विच्छेद प्रक्रिया अदालत मार्फत गरिन्छ। यो प्रक्रिया आपसी सहमति वा एकपक्षीय निवेदन मार्फत सुरु गर्न सकिन्छ। दस्तावेज तयार गरेर जिल्ला अदालतमा निवेदन दिनुपर्छ।

आपसी सहमतिमा सम्बन्ध विच्छेद कसरी गर्ने?

दुवै पक्ष सहमत भएपछि जिल्ला अदालतमा संयुक्त निवेदन दर्ता गरिन्छ। एक महिना भित्र सुनुवाइ र निर्णय हुन्छ। यो सबैभन्दा द्रुत र कम जटिल प्रक्रिया हो।

एकपक्षीय सम्बन्ध विच्छेद कसरी गर्ने?

यदि एक पक्ष मात्र सम्बन्ध विच्छेद चाहन्छ भने, अदालतमा मुद्दा दर्ता गर्नुपर्छ। त्यसपश्चात्
अदालतले अर्को पक्षलाई नोटिस दिन्छ र प्रमाणको आधारमा निर्णय गर्छ।

सम्बन्ध विच्छेद पछि पुनःविवाह गर्न कति समय लाग्छ?

सम्बन्ध विच्छेद पश्चात् महिला र पुरुष दुवैले जहिले सुकै पुनः विवाह गर्न पाँउछ ।

सम्बन्ध विच्छेद भएपछि बच्चाको अभिभावक हक कसले पाउँछ?

अदालतले बच्चाको हित, उमेर, र दुबै पक्षको आर्थिक अवस्था हेरेर निर्णय गर्छ।

सम्बन्ध विच्छेदका लागि वकिल राख्न जरुरी छ?

वकिल राख्नु अनिवार्य छैन, तर कानुनी प्रक्रिया सहजीकरण र सुरक्षा लागि राखे राम्रो हुन्छ।

Leave a Reply